मिटरब्याज पीडित समस्या समाधानका लागि सरकार प्रतिवद्ध छ – उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठ


१९ चैत्र २०७९, आईतवार १७:३८ मा प्रकाशित

काठमाडौ ।  उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडित समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिनका लागि जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको भन्दै यससम्बन्धी सवै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।

उहाले आयोगलाई मिटरब्याजसम्बन्धी सम्पूर्ण बिषयमा अनुसन्धान गर्न पूर्णअधिकार दिइने धारणा राख्नुभयो ।

श्रेष्ठले मिटरब्याजको अभ्यास सामन्तवादको अवशेष भएकाले नेपालमा सामन्तवादका सबै अवशेषहरू अन्त्य भयो भनेर सुनिश्चित गर्न सरकार अघि बढ्ने उल्लेख गर्नुभयो ।

उहाले अहिले सवै समस्या समाधानका लागि सहमति गरेको र मिटरब्याजी पीडितहरु पनि सहमतिबाट सन्तुष्ट रहेको दावी गर्नुभयो । मिटरब्याजीको बिषयलाई कानूनमा नै आर्थिक कसुर मान्दै कानून बनाउने तयारी भएको उहाले बताउनुभयो ।

उहाले अनुसन्धानको माध्यमबाट पीडितलाई न्याय दिने जिकिर गर्नुभयो । कुनै पनि कोणबाट मिटरब्याजी गरेको शोषणलाई रक्षा गर्ने काम कसैले पनि गर्न नहुने उहाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here