प्रथम एनटिए खुल्ला तेक्वान्दो पुम्से लिग च्याम्पियनसिप चैत २९ गते आयोजना हुने भएको छ ।
नेपाल तेक्वान्दो संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताका बारेमा जानकारी गराएको हो ।
प्रतियोगितामा सिनियर, जुनियर, क्याडेट र सुपर क्याडेट गरी ७ वटा उमेर समूहमा ३५ वटा विधामा प्रतिस्पर्धा हुनेछ ।
करिव ३०० जना खेलाडीहरुको सहभागिता रहने यस प्रतियोगिताका लागि करीव ९ लाख ५० हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरुलाई छनौट गरी राष्ट्रिय टिमको तयारीमा समावेश गराउने तयारी रहेको संघका उपाध्यक्ष एवं प्रतियोगीता आयोजक समिति अध्यक्ष भान बहादुर चन्दले जानकारी दिनुभयो ।
प्रतियोगितालाई सम्पन्न गर्न नेपाल तेक्वान्दो संघले संघका उपाध्यक्ष चन्दको अध्यक्षतामा ७ सदस्यीय प्रतियोगिता आयोजक समिति गठन गरेको छ ।