छैटौँ संस्करणको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद वैशाख ९ गते हुने


१९ चैत्र २०७९, आईतवार १७:३२ मा प्रकाशित

काठमाडौ । छैटौँ संस्करणको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद आगामी वैशाख ९ गते हुने भएको छ ।

बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गोकर्ण गल्फ कोर्स तथा गोकर्ण फरेस्ट रिसोर्टमा प्रतियोगिता र परिसंवाद हुने जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा कर्पोरेट गल्फ प्रतियोगितामा प्रदान गरिने प्रथम पुरस्कार सुनको बल समेत सार्वजनिक गरिएको थियो ।

नेपालका व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणी व्यक्तित्वलाई एकैथलोमा ल्याएर खेल प्रवर्द्धन र आर्थिक गतिविधि अभिवृद्धि गराउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले जानकाी दिनुभयो ।

गल्फ प्रतियोगिता ‘कर्पोरेट’ व्यक्तित्वबीच हुनेछ भने आर्थिक परिसंवादमा देशभरबाट विशिष्ट व्यक्तित्व, अर्थविद्, बैंकर, उद्यमीलगायत व्यक्ति सहभागी हुनेछन् ।

प्रतियोगितामा करिब सय गल्फरले भाग लिनेछन् ।

प्रतियोगिताको अल–राउन्ड विजेताले एक तोला सुनले बनेको गल्फ बल तथा अरू पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here