१२ औं महाविधेशनको सुनिश्चितता गर्नुपर्ने भन्दै नेविसंघको असन्तुष्ट पक्षले गरायो नेताहरुको ध्यानाकर्षण


१९ चैत्र २०७९, आईतवार १३:४४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले १२ औं महाविधेशनको सुनिश्चितता गर्नुपर्ने भन्दै नेताहरुको ध्यानाकर्षण गराएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिमा सहभागी हुन पुगेका कांग्रेस नेताहरुलाई नेविसंघका असन्तुष्ट विद्यार्थीहरुले १२ औं महाविधेशनको सुनिश्चितता गर्न ध्यानाकर्षण गराएका हुन् ।

म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरि नयाँ पदाधिकारीसहितको विधानसम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत संघर्ष समितिले पार्टी कार्यालयमा रिले अनशन गरिरहेका छन् ।

उनीहरुले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिट्ठी खारेज हुनुपर्ने माग भन्दै नारावाजी गरेका थिए भने कांग्रेस नेताहरुले असन्तुष्ट पक्षको मागलाई गम्भीर रुपमा लिएको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here