कांग्रेस परित्याग गर्नुभएका अर्थविद् डा‍. स्वर्णिम वाग्लेले लिनुभयो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता


१६ चैत्र २०७९, बिहीबार २०:०२ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेस परित्याग गरेको घोषणा गर्नुभएका अर्थविद् डा‍. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिनुभएको छ ।

वाग्लेले आज बिहीबार रास्वपाको सदस्यता लिनुभएको हो । वाग्लेले रास्वपाको सदस्यता लिएसंगै अव तनहुँ निर्वाचन क्षेत्र नम्वर १ मा उम्मेदवार बन्ने बाटो खुलेको छ ।

वाग्लेले कांग्रेस छाडेसँगै आज बिहीबार अपरान्ह रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुसँग छलफल गरेपछि डिजिटल फर्म भरेर पार्टी सदस्यका आवेदन दिनुभएको थियो । आवेदन परेको केहीबेरमै उहाँलाई रास्वपाले सदस्यता दिएको थियो ।

कांग्रेसप्रति अपार सद्भावका बाबजुद सभापति देउवा र देउवा पत्नी आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेकोले पार्टी परित्याग गरेको वाग्लेले उल्लेख गर्नुभएको छ ।

वाग्ले रास्वपाबाट तनहुँ-१ मा उपनिर्वाचन लड्ने तयारीमा गर्नुभएको छ । नेपाली कांग्रेसबाट उपचुनावमा टिकट नपाएपछि वाग्लेले काँग्रेस परित्याग गरेर रास्वपाबाट उम्मेदवार हुन लाग्नुभएको हो ।

तनहुँ-१ मा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार हुने भएपछि वाग्लेले टिकट नपाउनु भएको हो । आगामी वैशाख १० गते हुने उपचुनावमा कांग्रेसका भट्टराई, रास्वपाका वाग्ले र एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय रोचक भिडन्त हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here