चितवनमा रहेको क्रिकेट रंगशालाको समस्या दुईसाताभित्रै समाधान हुने प्रधानमन्त्री दाहालको आश्वासन


१६ चैत्र २०७९, बिहीबार १४:२६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा रहेको क्रिकेट रंगशालाको समस्या दुईसाताभित्रै समाधान हुने बताउनुभएको छ ।

बिहीबार चितवनस्थित भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रंगशालाको समस्या दुई सातामा हल हुने बताउनुभएको हो ।

उहाँले रंगशालामा रहेका समस्या हल गर्ने जिम्मा सरकारले लिने जिकिर गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले थोरै मन्त्रालय मिलाउन बाँकी रहेकाले छिट्टै मन्त्रीपरिषद् विस्तार हुने जानकारी दिनुभयो ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन भ्याट बाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँमा निर्माण गर्न लागिएको हो । टर्मिनल भवनको निर्माण ३६ महिनाभित्र सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here