विदेशबाट फर्किएका युवाहरुलाई सहि रुपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने नेकपा एमालेका अध्यक्ष ओलीकाे भनाइ


११ चैत्र २०७९, शनिबार १६:११ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरुलाई सहि रुपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा रिटर्नी फेडेरेशन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले बिभिन्न समस्याले विदेशिन बाध्य भएका युवाहरुलाई नेपाल फर्किपछि सहज रुपमा उत्पादन लगाएतका क्षेत्रमा परिचालन गर्न सकने मुलुकको आर्थिक अवस्थाका साथै स्थानीय समस्या पनि समाधान हुने बताउनुभएको हो ।

स्वदेश फर्किएका नागरिकले देश बिदेशमा हासिल गरेका अनुभवहरुलाई स्वदेशमा नै परिपक्व ढंगले सदूपयोग गर्नुपर्ने उहाले बताउनुभयो ।

ओलीले नेपालमा साम्प्रदायिकताको ठाउँ नरहेको र यसको नारा लगाएर समस्याको समाधान नहुने भन्दै मुलुकका सवै ठाँउमा एकतावद्ध भएर सामूहिक ढंगले समस्या बुझ्दै अघि बढ्न रिटर्नी फेडेरेशनलाई सुझाव दिनुभयो ।

दुई दिनसम्म चल्ने एमाले निकट विदेशबाट फर्किएका नेपालीहरुको सङ्गगठन रिटर्नी फेडेरेन नेपालको राष्ट्रिय महाधिवेशनले नेतृत्व चयन गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here