२८ औं स्थापना दिवसको अवसरमा सहारा साकोसले हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने


११ चैत्र २०७९, शनिबार १४:५७ मा प्रकाशित

झापा । सहारा साकोसले २८ औं स्थापना दिवसको अवसरमा हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

संस्थाको चैत २१ गते स्थापना दिवसको अवसरमा २१.९ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक प्रशान्त भण्डारीले जानकारी दिनुभयो । म्याराथनमा महिला र पुरुष दुवैले सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार, दोस्रो हुनेलाई ३१ हजार र तेस्रो हुनेलाई नगद २१ हजार पुरस्कार प्रदान गरिने भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार चौथोदेखि दशौं हुनेलाई जनही ५/५ हजार पुरस्कार प्रदान गरिनेछ ।

खुल्ला म्याराथन सहाराको केन्द्रीय कार्यलयबाट सुरु भइ ओम चोक, अर्जुनधाराधाम, भाङबारी, रातेखाल, पानीकल, लक्ष्मीपुर हुँदै सहारा शिक्षा सदनमा आएर टुङ्गिने छ । प्रतियोगितामा १८ वर्ष माथिका सबैले सहभागिता जनाउन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here