वसन्तबहादुर कुँवर नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा नियुक्त


१० चैत्र २०७९, शुक्रबार १७:२३ मा प्रकाशित

काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा नियुक्त गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आइजीपी बनाउने निर्णय गरेको हो ।

एआईजीमा बढुवा भएको एक सातामै कुँवर आईजीपी बन्नुभएको हो । धिरजप्रताप सिंह आजैदेखि बिदा हुने भएपछि कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी बन्नुभएको हो ।

कुँवरले अहिलेकै अवस्थामा २ वर्ष नेतृत्व गर्नु हुनेछ । यद्यपि संघीय प्रहरी ऐन बनाउने तयारी अगाडी बढेकाले आईजीपीको कार्यकाल लम्बिने सम्भावना छ।

आइजीपीका दाबेदार मानिएका एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई पछि पार्दै कुँवर नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्न सफल हुनुभयो । कुँवर एआइजीमा पहिलो नम्बरमा बढुवा हुनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here