नौमहिने शिशुको बलात्कार आरोपमा बालक पक्राउ


१९ असार २०७६, बिहीबार १३:४९ मा प्रकाशित

सिरहा । नौमहिने शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ ।

सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अबोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ गरेको जनाएको हो । बालिकालाई घरमा एक्लै छाडेर आमा खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पु¥याउन गएको बेला बालकले अबोध बालिकामाथि यस्तो घटना घटाएको भन्दै बालिकाकी आमाले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । स्थानीयवासीले समेत सूचना दिएका आधारमा बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

शिशुको यौनीबाट रक्तस्राव भएपछि स्वास्थ्य परीक्षणका लागि बाहिर पठाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here