सरकारले सुन तस्करको ढोका बन्द गरिदिएको छ : सांसद भट्टराई


१९ असार २०७६, बिहीबार १४:४६ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा सासंद खिमलाल भट्टराईले सरकारले सुन तस्करी गर्नेहरुको ढोका बन्द गरिदिएको बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपाका सासद समेत रहेका सांसद भट्राईले सरकारलाई सुन तस्करीलाई कार्बाहीको प्रक्रिया कहाँ पुग्यो भन्ने प्रश्न उठ्न सक्ने बताउँदै, सुन तस्कर केन्द्रीय कारागारमा रहेको र सरकारले तस्करीको ढोका बन्द गरेको बताए । देश सकारात्मक ढङ्गले अघि बढेको बताउँदै शान्ति सुरक्षामा अपबादका बाहेकका घटना नभएको दाबी गरेका छन् । सरकारले शान्ति सुरक्षामा गरेको कामले देश कतातिर धकेलिएको छ भन्ने स्पष्ट भएको बताए ।

सांसद भट्टराईले कञ्चनपुर घटना ‘अपवाद’भएको बताए । उनले देशमा शान्ति सुरक्षाको अवस्था सरकारले मजबुत तुल्याएको दावी गर्दै कञ्चनपुर घटना ‘अपवाद’का रुपमा रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here