प्रधानमन्त्रीले धोका दिएपछि साथ छाडेका हौंः राजेन्द्र लिङ्देन


६ चैत्र २०७९, सोमबार १५:५८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीले धोका दिएपछि आफूहरुले साथ छाडेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको छलफलमा लिङ्देनले मुलकलाई अघि बढाउन सहमतिका साथ आफूहरु एकसाथ रहेको र प्रधानमन्त्रीले सहमति तोडेपछि आफूहरुले साथ छाडेको बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीले बाटो नै फेरेपछि लाचार भएर सरकारमा बसिरहन अनुचित हुने ठान्दै इमान्दारीता साथ समर्थन फिर्ता लिएको जिकिर गर्नुभयो । अब आफुहरु सीप पनि भएको र लाइसेन्स पनि भएको ड्राइभरको प्रतिक्षा गर्ने उहाँको भनाइ छ ।

उहाँले प्रधानमन्त्रीलाई नयाँ यात्राका लागि शुभकामना दिँदै सरकारमा सहकार्य गर्न नसके पनि अन्य राष्ट्रियताका बिषयमा सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो ।

उहाँले सवैलाई सरकारमा लिएर जाने र सवैलाई भागबण्डा गर्ने परिकल्पना अहिलेको व्यवस्थाले नगरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here