कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक बस्दै


५ चैत्र २०७९, आईतवार ०७:४७ मा प्रकाशित

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक आइतबार बस्दैछ ।

कार्य सम्पादन समितिको बैठक आइतबार बिहान साढे १० बजे संसद् भवनको शंकर हलमा बस्नेछ । त्यस्तै, आइतबार नै मध्यान्ह १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने गरी संसदीय दलको बैठक पनि बोलाइएको छ ।

दुवै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने विश्वासको मतलगायतका विषयमा छलफल हुनेछ । नेकपा (एमाले) सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबारको संसद बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

प्रतिनिधि सभाको बैठक पनि आइतबार नै दिउँसो १ बजे बस्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here