दुर्गम भेगका ४२ परिवारलाई निःशुल्क सोलार वितरण गर्ने गाउँपालिका


१९ असार २०७६, बिहीबार १३:२९ मा प्रकाशित

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकाले दुर्गम भेगका ४२ परिवारलाई निःशुल्क सोलार सेट वितरण गरेको छ ।

वर्षौदेखि अँध्यारोमा रात बिताउँदै बासिन्दालाई गाँउपालिकाको सोलार बितरण गरेको हो । प्रति परिवार रु ११ हजार बरावरको सोलार बितरण गरेको हो । गाँउपालिकाको ६ वटै वडाका दुर्गम गाउँ पाँचतला, टुम्सीकुर, आपुङ, सिदेक्पा, इथुक्बु लगायत दुर्गम भेगका ४२ परिवारलाई निशुल्क सोलार सेट वितरण गरिएको ६ नम्बर वडाका वडाअध्यक्ष विकास पौडेलले बताएका छन् । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका वडा नम्बर ६ का सरला तामाङले पहिलो पल्ट घर नै झिलिमिली हुदाँ निकै खुशी लागेको बताए ।

टुकीको भरमा गुजरा चलाउँदै आएका तामाङले सोलार सेट पाएपछि रातको समयमा घरायसी कामकाज गर्न र केटाकेटीलाई पढ्न सहयोग पुगेको बताए । सभापोखरी गाउँपालिकामा सभाखोला लघुजल विद्युत्तको २७ किलोवाट र चिन्ठे खोलाको १५ किलोवाट भए पनि ग्रामीण भेगसम्म विस्तार हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here