नेपाल विद्यार्थी संघको चुनावी घोषणापत्र सार्वजनिक


२ चैत्र २०७९, बिहीबार १६:२८ मा प्रकाशित

झापा । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले स्वतन्त्र विद्यार्थी युनियनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

नेविसंघ केन्द्रीय समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित हुनेगरि ज्ञानवर्दक र जीवन उपयोगी शिक्षा लागु गर्नुपर्ने उल्लेख गरिएको छ ।
नेविसंघले अपाङमैत्री शिक्षालय, छात्रावृत्तिको न्यायोचित वितरण, स्वच्छ पर्यावरण र सुन्दर वातावरण, स्वदेशमै शिक्षा अनि स्वदेशमै भविष्य, विद्यार्थी सहुलियतको विशेष प्याकेजलगायतका एजेण्डा अघि लिएको छ ।
नेविसंघले व्यवहारिक शैक्षिक क्यालेण्डरसमेत निर्माण गर्ने घोषणा गर्दै त्यसको खाका प्रस्तुत गरेको छ । नेविसंघले बोकेका मुख्य प्रतिबद्धतामा माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउने र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ हुँदै क्रमशः निशुल्क बनाउनल लगाएत छन् ।

पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक समितिका सदस्य सचिव विकल राईले स्ववियु निर्वाचनले विद्यार्थीहरुमाँझ आलोचनात्मक चेतनाको निर्माण गर्ने बताउनुभयो ।उहाँले स्ववियु निर्वाचन देशका लागि सक्षम र सचेत नागरिक उत्पादन गर्ने प्लाटफर्म भएको उल्लेख गर्नुभयो ।

उहाँले अहिले स्ववियु निर्वाच हुन नदिने विभिन्न प्रपञ्च भइरहेकोतर्फ लक्षित गर्दै त्यसप्रति सचेत हुन पनि उनले सबैलाई आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here