अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आह्वान गर्न ‘निकै इच्छुक’ रहेको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बताउनुभएको छ ।
यसै महिनाको शुरुमा पेन्टागनका अधिकारीहरूले अमेरिकी कंग्रेसलाई दिएको जानकारी अनुसार, इरानविरुद्धको युद्धको पहिलो छ दिनमै ट्रम्प प्रशासनले ११.३ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ । वाल स्ट्रिट जर्नलको एक रिपोर्टकाअनुसार यो तथ्याङ्कमा युद्धको क्षति र सैन्य सामग्रीको शोधभर्ना खर्च समावेश गरिएको छैन ।
अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका लागि खर्चको निगरानी गरिरहेकी पूर्व पेन्टागन बजेट अधिकारी एलेन म्याककुस्करलाई उद्धृत गर्दै रिपोर्टमा जनाइएअनुसार युद्धको पहिलो तीन हप्तामा यस्तो खर्च करिब १.४ अर्बदेखि २.९ अर्ब डलरसम्म हुनसक्छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।






