सातदोबाटो युथ क्लब शीर्ष स्थानमा


२ चैत्र २०७९, बिहीबार १६:५७ मा प्रकाशित

झापा । सातदोबाटो युथ क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

ललितपुरस्थीत च्यासल मैदानमा बिहीबार एफसी खुमलटारलाई २–१ गोल अन्तरले हराउँदै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको हो । सातदोबाटोको जितमा दिपक सिंह ठकुरी र सर्डोरबेक मतमुरातोभले एक एक गोल गरे ।
खुमलटारका राजिब लोप्चनले एक गोल फर्काए । शीर्ष स्थानमा उक्लिएको सातदोबाटोको यो तेस्रो जित हो । सातदोबाटोले ५ खेलमा १२ अंक जोडेको छ । खुमलटारले ५ खेलमा ६ अंक जोडेको छ ।

त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीसंगै संकटाको ५ खेलबाट ६ अंक पुगेको छ । हिमालयन शेर्पाको ५ खेलबाट ५ अंक छ । प्रतियोगीता अन्तर्गत शुक्रबार चर्च व्वाइज र मच्छिन्द्र तथा थ्रि स्टार र जावलाखेल क्लवबीच प्रतिष्पर्धा हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here