रामसहाय प्रसाद यादव उपराष्ट्रपतिको उम्मेदवार


२५ फाल्गुन २०७९, बिहीबार १७:२९ मा प्रकाशित


झापा । जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिनुभयो । रामसहाय प्रसाद यादव हाल जसपाको संसदीय दलको नेता रहनुभएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो ।

उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here