राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित


२५ फाल्गुन २०७९, बिहीबार १६:५७ मा प्रकाशित


झापा । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ ।

बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनुभएको हो ।

उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाउनु भएको हो ।
पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत प्राप्त भयो ।

अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाउनु भयो ।

उहाँले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here