सभापति देउवाले दिए नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई


२५ फाल्गुन २०७९, बिहीबार १८:०२ मा प्रकाशित

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ ।

राष्ट्रपति चुनावको परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले बधाई दिनुभएको हो । उहाँले भन्नुभएको छ, राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई ।

आज भएको चुनावमा पूर्वसभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here