झापा । नयाँ राष्ट्रपतिको चुनावका लागि आज बिहीवार सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ ।
मतगणना नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो ।
आज बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
मतदानमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेश सभा सदस्यले मतदान गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।






