ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्छ -सभामुख देवराज घिमिरे


२४ फाल्गुन २०७९, बुधबार १४:३७ मा प्रकाशित

काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आवश्यक ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको राष्ट्रिय गोष्ठि उद्घाटन गर्दै सभामुख घिमिरेले अहिले सहकारी संस्थाका बारेमा धेरै आवाजहरु उठिरहेको अवस्थामा यसलाई नियमन गर्न छुट्टै ऐन निर्माण गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले बचत तथा ऋण सहकारी सम्बन्धी ऐनका लागि आफुले पनि पहल गर्ने आश्वासन दिनुभयो ।

त्यस्तै उहाले अहिले देशैभरबाट लघुवितिय संस्थामा भइरहेका बिरोधका बिषयमा केन्द्रीय सहकारी संघले आवश्यक निष्कर्ष निकालेर धारणा तय गर्नुपर्ने बताउनुभयो ।

विश्व लगाएत नेपालमा पनि आर्थिक समस्या देखिएको अवस्थामा तीन खम्वे अर्थनीतिको प्रमुख हिस्सा सहकारी क्षेत्रलाई पनि ठिक ढंगले अघि बढाउनुपर्ने उहाले बताउनुभयो ।

सभामुख घिमिरेले सहकारीका नामबाट ठगि गर्ने प्रवृतिलाई केन्द्रीय सहकारी संघले नै नियमन र अनुगमन गर्दै देखा परेका समस्यालाई समयमा नै समाधान गर्नुपर्ने बताउनुभयो ।

सहकारी क्षेत्रको जोखिम व्यवस्थापन, उत्पादन लक्षित ऋण परिचालन, प्रविधि हस्तान्तरण लगायतका बिषयमा ठोस मार्गदर्शन सहित व्यवस्थापकिय प्रणालीमा एकरुपमा कायम गर्नका लागि गोष्ठिको आयोजना गरिएको केन्द्रीय सहकारी संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here