झापा । होली पर्व आज तराईका जिल्लाहरुमा मनाइँदैछ ।
रंगहरुको पर्व होलीको अवसरमा सरकारले हिजो र आज सार्वजनिक विदा दिएको छ ।
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन तराईका जिल्लाहरुमा होली पर्व मनाइन्छ ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवम् साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने चलन छ ।
होली खेल्न झापा बिर्तामोडको सिटी सेन्टरमा हजारौंको संख्यामा झापाली उपस्थित भएर रंगिएका छन् ।
तस्वीरहरूः









