जसपाको छानविनः चुनावमा अन्तर्घात गर्ने ८० जनालाई कारबाही सिफारिस


२१ फाल्गुन २०७९, आईतवार ०७:२९ मा प्रकाशित

काठमाडाैं । चुनावमा अन्तर्घात गरेको भन्दै ८० जनालाई कारबाही गर्न जनता समाजवादी पार्टीको छानबिन समितिले सिफारिस गरेको छ ।

पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठित कार्यदलले स्थलगत अध्ययन गरेर त्यसको प्रतिवेदन शनिवार पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हस्तान्तरण गरेको छ । कार्यदलले १४ वटा जिल्लामा अन्तर्घातबारे छानबिन गरेको थियो ।

१५२ आरोपी नेतासँग बयान लिनुको साथै अन्य प्रमाण र थप जानकारीका लागि २४७ जनासँग भेटेर कुराकानी गरिएको थियो । कारबाही सिफारिस गरिएका ८० जना नेताले आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसमध्ये सर्वाधिक जसपाका अध्यक्ष उपेन्द्र यादवको क्षेत्रका नेताहरू रहेको बताइएको छ । अध्यक्ष यादव सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव हार्नुभएको थियो ।

प्रतिवेदन बुझ्दै जसपाका अध्यक्ष यादवले पार्टीको आगामी बैठकमा प्रतिवेदनमाथि छलफल हुने र कार्यदलले सिफारिस गरेका नेता तथा कार्यकर्तालाई कारबाही हुने बताएको कार्यदल संयोजक शिवलाल थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here