विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने


२८ फाल्गुन २०८२, बिहीबार १४:५८ मा प्रकाशित


विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह दिने भएको छ ।


बिहीवारदेखि विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरेर सो बैंकले विशेष कस्टमर सर्भिस एरिया शुभारम्भ गरेको हो । शुभारम्भ कार्यक्रममा ग्लोवल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा बसेका नेपाललाई लक्षित गरेर बैंकले २४ सै घण्टा सेवा प्रवाह आजैदेखि थाल्न निर्देशन दिनुभयो ।

ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड सबै पक्षबाट नम्बर १ बैंक भएकाले विदेशमा बस्ने नेपालीका लागि सेवा सुविधाका लागि छुट्टै डिभिजन स्थापना गरेर सेवा प्रवाह बैंकिङ इतिहासमै पहिलोपटक थालिएको बताउनु भयो । 

नेटवर्कका हिसावले ग्लोवल आइएमइ सबैभन्दा ठूलो बैंक भएकाले सोही अनुसारको सर्भिस प्रवाहमा बिलम्व गर्न नहुने उहाँको भनाइ थियो । ग्लोवल आइएमई बैंकले आजदेखि थालेको नयाँ सुविधाले विदेशमा बस्ने नेपाली नागरिक (एनआरएन) तथा ओभरसिज नेपालीहरूलाई नेपालमा बैंकिङ सेवा लिन सजिलो बनाउने अपेक्षा गरिएको छ ।

अब एनआरएनहरूले बचत तथा फिक्स्ड डिपोजिट अकाउन्ट खोल्न, विदेशी मुद्रामा कारोबार गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here