त्रिभुवन विश्वविद्यालयका ६० क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया शुरु


२१ फाल्गुन २०७९, आईतवार ०७:१७ मा प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाको कीर्तिपुरस्थित आयुर्वेद र उपत्यका बाहिर लमजुङ कृषि क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव एवं त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारीले विद्यार्थी संगठनबीच निरन्तर झडप भएकोले लमजुङ कृषिमा क्याम्पसमा निर्वाचनको कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो ।

आयुर्वेद क्याम्पमा तालाबन्दी भएकोले हाललाई कार्यक्रम स्थगित गरिएको छ । दुवै क्याम्पसले स्थगित भएको ३० दिनभित्रमा पुनः निर्वाचन गराइसक्नुपर्ने व्यवस्था छ ।

त्रिविले ३ दिनअघि कुलपति एवं प्रधनमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेको थियो । प्रम दाहालको पछिल्लो निर्देशनअनुसार त्रिविले निर्वाचनलाई पूर्ण रूपमा अघि बढाउन त्रिविले सबै क्याम्पसलाई निर्देशन दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here