तीन सातादेखि वेपत्ता बालिकाको शंकास्पद मृत्यु


२१ फाल्गुन २०७९, आईतवार ११:५० मा प्रकाशित
सांकेतिक तस्वीर

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा शंकास्पद अवस्थामा बालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार घरबाट हराएको तीन सातापछि बालिकाको शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना तथा सवन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका गणेश लिम्बूकी छोरी छ वर्षीया सोनिया लिम्बूको शव फेला परेको हो ।

गत माघ २५ गतेदेखि बेपत्ता भएकी बालिकाको खोजतलास गर्ने क्रममा बिहीबार शंकास्पद अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here