युवाहरुको भूमिका अभिबृद्धि गर्ने उदेश्यले झापाको बिर्तामोडमा केबिआर क्रिएशन ग्रुप गठन


२० फाल्गुन २०७९, शनिबार १८:३५ मा प्रकाशित

झापा । कला साहित्यका क्षेत्रमा युवाहरुको भूमिका अभिबृद्धि गर्ने उदेश्यले झापाको बिर्तामोडमा केबिआर क्रिएशन ग्रुप गठन गरिएको छ ।

केबिआर प्रोड्क्शनका प्रबन्ध निर्देशक तथा सञ्चारकर्मी भरत प्रसाईको संरक्षकत्वमा गठित समूहले कलमको माध्यमबाट आवाजविहीनहरुको आवाज बुलन्द गर्ने जनाइएको छ ।

क्रिएशन ग्रुपकी अध्यक्ष जिना अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमा सञ्चारकर्मी चेतन सापकोटा र बसन्त नेपालले संस्थालाई जीवन्त राख्न लगनशीलता र उद्धेश्यपरक काम हुनुपर्नेमा जोड दिनु भयो ।

समूहको विविध गतिविधि प्रकाशन, प्रसारण गर्न देव बाँस्कोटाको संयोजकत्वमा २ सदस्यीय कार्यदल गठन गरिएको संरक्षक प्रसाईले बताउनु भयो ।

नवगठित केबिआर क्रिएशन ग्रुपको उपाध्यक्षमा रेजिना बास्कोटा, सचिवमा प्रशान्त वाग्ले, सहसचिवमा पर पाण्डे, कोषाध्यक्षमा मुना काफ्ले र सदस्यहरुमा ओमनारायण राजवंशी, नितु मण्डल, अल्सा बस्नेत, दिपिन विश्वकर्मा र मुना खड्का चयन हुनु भएको छ ।

शनिवार आयोजित कार्यक्रममा झापाभरिका ३५ जना नयाँ तथा पुराना स्रष्टाहरुको गजल तथा भावना रेकर्ड गरेको संस्थाका प्रेस संयोजक बास्कोटाले जानकारी दिनु भयो ।

आफूहरुले कसैका प्रभावमा परेर यो समूह गठन नगरेको बताउँदै अन्तरनिहित प्रतिभा उजागर गर्नु नै उद्धेश्य रहेको संस्थाका सचिव वाग्लेले बताउनु भयो ।

शनिबार बसेको पहिलो बैठकले महिनाको पहिलो आइतबार मासिक रचना बाचनलाई निरन्तरता दिने निर्णय गरको अर्का प्रेस संयाजक विश्वकर्माले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here