जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत निर्णय गर्छ : प्रधानमन्त्री प्रचण्ड


१९ फाल्गुन २०७९, शुक्रबार १४:२७ मा प्रकाशित

झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत निर्णय गर्ने बताउनुभएको छ ।

महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई सम्बोधन गर्दै उहाँले गुणस्तरीय आयुर्वेद औषधि उत्पादन तर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवर्धनका साथै आयुर्वेद औषधिको उत्पादनका लागि अति आवश्यक जडिबुटीको निकासी पैठारीलाई व्यवस्थीत गर्न नीतिगत निर्णय गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट ३०० वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखाना लाई राष्ट्रिय गौरबको योजनाका रुपमा अगाडी बढाइने बताउनुभयो । राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई पूर्ण रुपमा क्रियाशील बनाई नेपालका रैथाने जडिबुटीको अध्ययन अनुसन्धानलाई द्रुत गतिमा अगाडी बढाउन आवश्यक नीतिगत निर्णय गरिने उहाँले बताउनुभयो । उहाँले प्रत्येक प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडिबुटी संकलन एवं प्रशोधन केन्द्रको स्थापनाको नीति ल्याइने बताउनुभयो ।

उहाँले स्वास्थ्य पर्यटनलाई प्रवर्धन गर्न आयुर्वेद, पंचकर्म, योग, ध्यान कार्यक्रम संचालन गर्न अस्पताल, उपचार केन्द्रहरु स्थापना गरिने बताउनुभयो । भारत सरकारले उच्च प्राथमिकतामा राखेको आयुर्वेद अनुसन्धानको कार्यलाई नेपालमा पनि निरन्तरता दिन आवश्यक सहकार्य गर्ने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here