राष्ट्रपतिमा मत माग्दै सांसदहरुलाई रामचन्द्र पौडेलको पत्र


१८ फाल्गुन २०७९, बिहीबार १३:५३ मा प्रकाशित


झापा । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आफूलाई मत माग्दै सांसदहरुलाई पत्राचार गर्नुभएको छ।

उहाँले आफ्नो लेटरप्याडमा सबै सांसदहरुलाई सम्बोधन गरी पत्र लेखेर मत माग्नुभएको हो ।

बिहीबार नेपाली कांग्रेस–माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले काठमाडौंमा संघीय सांसदका लागि अभिमुखीकरण कार्यक्रम राखेका छन् ।

उक्त कार्यक्रममा कांग्रेस वरिष्ठ नेता पौडेलले आफूले लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने प्रतिवद्धता जनाउँदै मत माग्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here