कोशी प्रदेश नामकरणबारे जनमोर्चा बेखबर


१८ फाल्गुन २०७९, बिहीबार १३:२८ मा प्रकाशित


झापा । प्रदेश नम्बर १ को नामकरण भएकोबारे चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा बेखबर बनेको छ ।

बुधबार राति बसेको प्रदेश सभाको बैठकले दुई तिहाइ बहुमतका साथ प्रदेश नम्बर १ को नाम कोशी राख्ने प्रस्ताव पारित गरेको थियो ।
तर, बिहीबार बिहान अध्यक्ष केसीले एक विज्ञप्तिमार्फत प्रदेश १ को नाम पार्टीले प्रस्ताव गरेअनुसार कोशी राख्नुपर्ने र सोहीअनुसार मतदान हुनुपर्ने बताउनुभएको छ ।


विज्ञप्तिमा जातीय वा क्षेत्रीय विग्रह पैदा हुने र त्यसबाट देशको राष्ट्रिय एकता खण्डित हुने गरी प्रदेशको नामकरणको विपक्षमा जनमोर्चा रहेको पनि स्पष्ट गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here