अब भद्रपुरबाट पोखरा सिधा उडान हुने


१८ फाल्गुन २०७९, बिहीबार १५:०९ मा प्रकाशित

झापा । अब पोखराबाट पूर्वी नेपालको ठूलो विमानस्थल झापाको भद्रपुरमा सिधा उडान हुने भएको छ ।

बुद्ध एयरले पोखरालाई केन्द्रमा राखेर प्रादेशिक उडान विस्तार गर्ने क्रममा भद्रपुरमा उडान तालिका सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार ( मार्च ९२५ फागुन)देखि पोखराबाट भद्रपुरको दैनिक सिधा उडान हुने भएको छ ।

पोखराबाट भद्रपुरसम्म एक घण्टाको उडान अवधि रहने भएको छ । यहाँ प्रमोसनल भाडादर ७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार पोखराबाट भद्रपुरको उडान समय बिहान ६ः१५ तथा भद्रपुरबाट पोखराको उडान समय १८ः५५ तोकिएको छ ।
यस उडानबाट दुवै पर्यटकीय शहरका जनता लभान्वित हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here