लागुऔषध सहित झापाबाट ४ जना पक्राउ


१८ फाल्गुन २०७९, बिहीबार १२:४७ मा प्रकाशित

झापा । झापाको कनकाई नगरपालिका ३ र बिर्तामोड नगरपालिका ४ बाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा शिवसताक्षी नगरपालिका-८ का २६ बर्षीय मदन बिश्वकर्मा र कनकाई नगरपालिका-४ का ४१ बर्षीय बासुदेव भेटवाललाई २ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ स्थितमा संकास्पद अवस्थामा बसीरहेका राजबिराज नगरपालिका-७ सप्तरीका ३५ बर्षीय मो. नसिम र सखुवानकरकट्टी गाउँपालिका-२ सिरहाका २० बर्षीय शिवशंकर यादबलाई चेक जाँच गर्दा उनिहरुको साथबाट १२ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिबन्धित लागु औषध ब्राउन सुगर बरामद भए संगै उनिहरुले प्रयोग गरेको स.६ प ५६११ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here