रुखले किचेर इलाममा १ जनाको मृत्यु, १ घाईते


१६ फाल्गुन २०७९, मंगलवार १२:०४ मा प्रकाशित

झापा । इलामको माई नगरपालिका १० लुम्बाकमा रुख काट्ने क्रममा रुख ढलि रुखले किचिदा एक जनाको मृत्यु भएको छ ।

एक जना घाईते भएका छन् ।

सोमवार दिउँसो १२ बजे रुख काट्ने क्रममा रुख ढलि किचिदा घाईते भएका महोत्तरी बर्दिबासका २८ बर्षीय हेमराज भुजेललाई उपचारको लागि बि एण्ड सि अस्पताल झापा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको र मोरङ पथरी शनिश्चरेका २२ बर्षीय बिज्ञान मगरको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here