सन्दीपलाई यूएई पठाउने क्यानको तयारी


१६ फाल्गुन २०७९, मंगलवार १०:५२ मा प्रकाशित


झापा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले विदेश जान सोमबार सर्वोच्च अदालतबाट अनुमति पाए सँगै क्यानले उनलाई यूएई पठाउने प्रक्रिया थालिएको बताएको छ ।

सन्दीपले घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजमा १३ विकेट लिएका थिए ।

नाबालिग बलात्कार आरोपमा धरौटीमा रिहाइ भएका सन्दीपलाई पाटन उच्च अदालतले विदेश जान रोक लगाएको थियो ।

क्यानका क्रिकेट म्यानेजर विनोद दाशले सन्दीपको भिसाको लागि यूएई एम्बेसीमा हिजो मात्र पठाएको र अब भिजा आएपछि टिममा समावेश गर्ने र यूएई पठाउने प्रक्रियामा जाने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here