राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता बुधबार देखि लागु हुने


१६ फाल्गुन २०७९, मंगलवार १२:०९ मा प्रकाशित


झापा । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू हुँदै छ । साँझ ५ बजे राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बुधबार देखि ५ चैतसम्म आचारसंहिता लागू हुने छ ।

फागुन २५ मा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ 

यस्तै निर्वाचन आयोगका अनुसार अन्तिम नामावली प्रकाशन भएपछि राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउँछन् ।

तर, उनीहरुलाई चुनावी खर्चको सीमा तोकिएको छ ।

उम्मेदवारले अधिकतम चार लाखसम्म खर्च गर्न पाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here