राष्ट्रपतिमा पौडेललाई भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र


१६ फाल्गुन २०७९, मंगलवार १०:४८ मा प्रकाशित


झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएर राष्ट्रपति उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्नुभएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर देउवाको पत्र बुझाउनुभएको हो ।

गत शनिबार राष्ट्रपतिमा कांग्रेससहित ८ दलको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको थियो भने एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here