नेपाल प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यहरुलाई पारिश्रमिक उपलव्ध नगराउने


१५ फाल्गुन २०७९, सोमबार १७:५२ मा प्रकाशित

झापा । नेपाल प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यहरुलाई पारिश्रमिक÷सुविधा उपलव्ध नगराउने निर्णय गरेको छ ।

प्रतिष्ठानको नयाँ कार्यसमितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आजीवन सदस्यहरुले दोहोरो सुविधा लिएकाले फाल्गुन महिनादेखि प्रतिष्ठानबाट पारिश्रमिक÷सुविधा उपलव्ध नगराउने निर्णय भएको जानकारी दिएको हो ।

नेपाल प्रज्ञा प्रष्ठिानको ऐन बमोजिम दोहोरो पारिश्रमिक सुविधा प्रदान गर्न नमिल्ने भएकाले विश्वविद्यालयहरु तथा अन्य निकायबाट निवृत्तिभरण लिइरहेका आजिवन सदस्यहरुलाई प्रतिष्ठानबाट पारिश्रमिक÷सुविधा उपलव्ध नगराउने निर्णइ भएको प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले जानकारी दिनुभयो ।

उहाले प्रतिष्ठानको निर्णयप्रति असहमति भए जानकारी गराउन पनि आग्रह गर्नुभएको छ । दोहोरो भत्ता लिने प्रवृतिलाई अन्य गर्नका लागि प्रतिष्ठानले पहल सुरु गरेको उहाले बताउनुभयो ।

त्यस्तै प्रतिष्ठानले परिषद् सदस्यहरुको कार्यबिभाजन पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here