पर्यटकको गुनासो सुन्न र समाधानका लागि २४ घण्टे सेवा सुरु गरिने


१५ फाल्गुन २०७९, सोमबार १७:५४ मा प्रकाशित

झापा । पर्यटन मन्त्रालयले पर्यटकको गुनासो सुन्न र समाधानका लागि मन्त्रालयमा २४ घण्टे सेवा सुरु गर्ने भएको छ ।


सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै पर्यटनमन्त्री सुदन किरातीले पर्यटकको गुनासो सुन्नका लागि २४ घण्टा नमस्ते पर्यटक सेवा चलाउने तयारी भइरहेको जानकारी दिनुभयो । नेपाल आएका पर्यटकहरुको बिभिन्न गुनासोहरुलाई नमस्ते पर्यटक सेवामार्फत सुन्ने र समाधान गर्ने उहाले बताउनुभयो ।

त्यस्तै ग्राउन्डेड भएको नेपाल एयरलाईन्सको ट्वीनेटर बिमानका बिषयमा छानविन गर्न समिति गठन गरिएको, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा लागि विजनेश प्लान मागिएको र भरतपुर बिमानस्थल विस्तार गर्ने काम प्रारम्भ भएको मन्त्री किरातीले जानकारी दिनुभयो । उहाले नेपालको नागरिक उड्ययनको क्षेत्रमा महिला हिंसाको घटनाहरु देखिरहेको अवस्थामा महिला हिंसाको उजुरी लिने स्थायी युनिट बनाउन लागिएको बताउनुभयो ।

आफु मन्त्रालय आएपछि बायुसेवा निगममा अनलाईन टिकट लागू भएको, विमानस्थलको सरसफाईमा सुधार भएको, लुम्विनी गुरुयोजनाको सम्दर्भमा छानविन समिति गठन गरेर प्रतिवेदन आइसकेको उहाले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्री किरातीले पशुपति हिन्दु विश्वबिद्यालय स्थापनाका लािग ५ सदस्यीय अध्ययन समिति गठन गरिसकेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here