सवारी पार्किङ निषेध गरेको विरोधमा व्यवसायीहरुको प्रदर्शन


१५ फाल्गुन २०७९, सोमबार १७:५० मा प्रकाशित

झापा । काठमाडौंको दरबारमार्ग क्षेत्रको सडक किनारामा सवारी पार्किङ निषेध गरेको विरोधमा व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् ।

सवारी पार्किङ निषेध गर्ने काठमाडौं महानगरको निर्णयको बिरोधमा व्यवसायीहरुले सोमबार अपरान्ह आधा घण्टा सटर बन्द गरेर सडकमा विरोध प्रदर्शन गरेका हुन् । सवारी आवागमनमा नै असर पुग्ने गरि दरबारमार्ग क्षेत्रमा पाकिङ गरिएको भन्दै महानगरले दुईमहिना अघि सो क्षेत्रलाई पार्किङ निषेध बनाएको थियो ।

त्यसपछि सो क्षेत्रका व्यापारिहरुले विरोध जनाउदै आएका छन् । उनीहरुले यसअघि सडकको एकतर्फी छेउमा मात्रै पार्किङ राखेको तर महानगरले हटाउदा ५० देखि ६० प्रतिशत व्यापार घटेकाले बाध्य भएर विरोध गर्नुपरेको बताएका छन् ।

दरवारमार्ग विकास बोर्डको अगुवाईमा भएको विरोध प्रदर्शनमा सहभागीहरुले दरवारमार्गको पार्किङ हटाएकोमा हाम्रो घोर विरोध छ देखिएको व्यानर प्रदर्शन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here