खानेपानी संस्थानलाई राजनीतिको अखडा नबनाउन खानेपानीमन्त्री खानकाे आग्रह


१५ फाल्गुन २०७९, सोमबार १६:३८ मा प्रकाशित

काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले खानेपानी संस्थानलाई राजनीतिको अखडा नवनाउन आग्रह गर्नुभएको छ ।

नेपाल खानेपानी संस्थाको ३४ औं बार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाले कर्मचारीलाई उचालेर राजनीति गर्दा संस्थामा चूनौति आएको भन्दै संस्थानलाई राजनीतिको अखडा नवनाउन आग्रह गर्नुभएको हो ।

उहाँले राजनीति गर्ने भए फिल्डमा आउन कर्मचारीलाई चूनौति दिनुभयो ।

उहाँले अनावश्यक राजनीति गरे संस्थालाई युनियनमुक्त बनाइदिने चेतावनी दिनुभयो ।

अहिले व्यक्तिगत स्वार्थका लागि नभएर सहज रुपमा खानेपानी सेवा उपलव्ध गराउनका लागि केन्द्रीत हुनुपर्ने उहाले बताउनुभयो ।

कर्मचारीको सेवा सुविधाका लागि बिनियमावलीको फाइल अघि बढाउन निर्देशन दिएको र अघि बढेको भन्दै उहाले अर्थमन्त्रालय र मन्त्रीपरिषद्ले स्वीकृत नगरे आन्दोलन गर्न सुझाव दिनुभयो ।

त्यस्तै उहाले संस्थालाई दिएको कतव्र्य पुरा गरेमात्रै अधिकारका लागि आन्दोलन गर्न सुहाउने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here