ताप्लेजुङको हिमाली क्षेत्रमा पहिलो पटक भारी हिमपात


१५ फाल्गुन २०७९, सोमबार १६:२५ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङका हिमाली क्षेत्र तथा गाउँहरुमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । आइतवार हिजो बेलुका ४ बजेदेखि पानी, हिउँँका साथै केही ठाउँमा असिना समेत परेको हो ।
जिल्लाको पाथीभरा क्षेत्रमा ठूलो हिमपात भएको छ । पाथीभरा क्षेत्रको काफ्लेपाटी, माथिल्लो फेदी, तेस्रो तथा पाथीभरा मन्दिरमा ठूलो हिमपात भएको माथिल्लो फेदीका होटल व्यवसायी इन्द्र नारायण भट्टराई बताउनुहुन्छ ।

अहिले ताप्लेजुङ बजारबाट देखिने वरिपरिका डाँडाहरु हिउँले सेताम्मे भएका छन् । हिमाली गाउँहरु ओलाङचुङ्गोला, याङ्मा, घुन्सा तथा फलेमा पनि हिमपात भएको छ । पर्यटकीय गाउँ घुन्सामा करिब २ फिटसम्म हिउँँपरेको डण्डु शेर्पाले बताउनुभयो ।

अहिले धेरै जाडो भएकाले घुन्सा गाउँका बासिन्दाहरु घरबाट बाहिर ननिस्केका उहाँले बताउनु भयो । पर्यटकीय सिजन सुरु हुन लागे पनि पर्यटकहरु भने खास्सै आएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here