सन्दीपको मुद्दामा सुनुवाइ सकियो, आदेश आजै आउने


१५ फाल्गुन २०७९, सोमबार १५:२९ मा प्रकाशित


झापा । क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ ।

सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरेका साथै सरकारको तर्फबाट सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीसहितले बहस गरेसँगै सुनुवाइ सकिएको हो ।

यससँगै सर्वोच्चले आजै आदेश सुनाउने तयारी गरेको छ ।

यसअघि आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here