यू–१९ विश्व कप एसिया छनोट : नेपालले हङकङलाई ९ विकेटले हरायो


१५ फाल्गुन २०७९, सोमबार १५:५९ मा प्रकाशित


झापा । आईसीसी १९ वर्षमुनिको आईसीसी विश्व कप क्रिकेट एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएको छ ।

हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो । नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ६४ रन बनाए । यस्तै उत्तम रङ्गु थापा मगरले ३९ रन बनाउँदा अर्जुन कुमाल १६ रन बनाएर आउट भए । बलिङतर्फ हङकङका ड्यानियल मोर्गन मापले १ विकेट लिए ।

यसअघि यूएईमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४६ ओभर ३ बलमा १ सय २० रन बनाउँदा अलआउट भयो । हङकङका लागि पार्थ भगवतले सर्वाधिक ३६ रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवास भण्डारीले २र२ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here