शहनाज रहमानको शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक स्थगित


१५ फाल्गुन २०७९, सोमबार १४:४५ मा प्रकाशित

झापा । प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई पारित गरिएको हो । बैठकमा शहनाज रहमानप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो ।

रहमानको ६३ वर्षको उमेरमा शनिबार निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १७ गते दिउँसो १ बजे बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here