सन्दीपको मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा


१४ फाल्गुन २०७९, आईतवार ११:१४ मा प्रकाशित


झापा । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ ।

आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ ।

लामिछानेमाथि एक नाबालिकलाई बलात्कार गरेको आरोप छ ।

उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ । तर पाटन उच्च अदालतले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशमा विदेश जान पनि सरकारको अनुमति लिनुपर्ने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here