क्रिकेटर लामिछानेलाई क्रिकेट खेल्न विदेश जान दिने/नदिने भन्नेबारे आज सुनुवाइ हुँदै


१४ फाल्गुन २०७९, आईतवार ०८:२३ मा प्रकाशित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश जान दिने/नदिने भन्नबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

‘क्रिकेट खेल्नका लागि विदेश जान पाउँ’ भनी आरोपित लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गरेपछि सर्वोच्च अदालतको एकल इजलासले आइतबारका लागि पेशी तोक्न आदेश दिएको हो ।

आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ ।

सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा प्रवेश गरी बहस हुनेछ ।

सर्वोच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमती माग्नुपर्ने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here