रूसले पाइपलाइनमार्फत् तेल आपूर्ति रोक्यो : पोल्यान्ड


१४ फाल्गुन २०७९, आईतवार ११:१९ मा प्रकाशित


झापा । पोल्यान्डले रूसले पाइपलाइनमार्फत् तेल आपूर्ति रोकेको जनाएको छ ।

पोल्यान्डको ऊर्जा समूह ‘पीकेएन अर्लेन’ ले सम्झौताअनुसार ओर्लेनको आवश्यकताको १० प्रतिशत हिस्सा ओगटेको ड्रुज्बा पाइपलाइनमार्फत् रुसले तेल पठाउन बन्द गरेको जनाएको हो । पोल्यान्डले भने रुसको यो कदमले आफ्ना उपभोक्तालाई तेल आपूर्तिमा कुनै असर नपार्ने जनाएको समाचार संस्था एएफपीमा उल्लेख छ ।

ऊर्जा समूह पीकेएन अर्लेनले अब सबै पेट्रोलियम पदार्थको आपूर्ति समुद्री मार्गबाट हुने जानकारी पनि दिएको छ । अहिलेसम्म अर्लेनले आफ्नो इन्धन आवश्यकताको झण्डै १० प्रतिशत रूसी पाइपलाइनमार्फत् र बाँकी सामुद्रिक मार्गबाट अन्य देशबाट आयात गर्दै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here