नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई मत दिने दावी गर्नुभएको छ ।
शनिबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले पुस १० गते भएको सहमति अनुसार एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाएको र यसमा माओवादीले साथ दिने दावी गर्नुभएको हो ।
उहाँले आफुसंगको भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा आफुलाई दवाव आएको बताएको पनि उल्लेख गर्नुभयो ।
त्यस्तै ओलीले यसअघिको सम्झौता अनुसार नै माओवादीले एमाले उम्मेदवारलाई मत दिने यकिन रहेको पनि बताउनुभयो ।
उहाँले आठ दलका सवैले कांग्रेस उम्मेदवारलाई मत नदिने र प्रचण्डले चियामात्रै खान बोलाएको तर्क गर्नुभयो ।