सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति


१३ फाल्गुन २०७९, शनिबार १२:३२ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेले विदेशमा खेल्न जान दिन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको अन्तिम सुनुवाइ आइतबार हुने भएको छ ।

सर्वोच्चले उनीसँग सम्बन्धित अर्को मुद्दाको सुनुवाइ पनि आइतबार सँगै गर्ने आदेश दिएको हो ।

लामिछानेबारे महान्यायाधिवक्ता कार्यालयले दिएको रिट पनि सर्वोच्चमा रहेकाले यी दुवै रिटलाई आइतबार सँगै राखेर हेर्न आदेश दिएको हो ।

नाबालिका बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट २० लाख रुपैयाँ धरौटीमा छुटेका लामिछानेलाई विदेश जान रोक लगाइएको छ ।

साथै, उपत्यकाबाहिर जानसमेत प्रहरीको सहमति चाहिने सर्त तोकेको छ ।

त्यसविरुद्ध सन्दीपले ११ फागुनमा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । संयुक्त अरब इमिरेट्समा भइरहेको आइसिसी पुरुष विश्वकप डिभिजन लिग–२ प्रतियोगितामा नेपाली टोलीसँगै सहभागी हुन पाऊँ भन्दै रिट निवेदन दिएका थिए ।

जसमा अर्को मुद्दासँगै संयुक्त इजलासमा सुनुवाइ गर्ने आदेश भएको हो । सर्वोच्चका न्यायाधीश ईश्वरकुमार खतिवडाको इजलासले यस्तो आदेश दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here